ad ad

कला


बलिउडका यी सेलिब्रेटी गएनन् अम्बानीका छोराको प्री-वेडिङमा

बलिउडका यी सेलिब्रेटी गएनन् अम्बानीका छोराको प्री-वेडिङमा

नेपालखबर
फागुन २२, २०८० मंगलबार १६:१, काठमाडौँ

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोह ३ सम्पन्न भइसकेको छ।

गुजरातको जामनगरमा मार्च १ देखि ३ मार्चसम्म चलेको यस समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भइ। तर, केही सेलिब्रेटीहरू भने कार्यक्रमको हिस्सा बन्न सकेनन्।

प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा प्रि-वेडिङ समारोहमा सहभागी भइनन्। कार्यक्रममा प्रियंकाको स्थानमा उनकी आमा मधु चोपडा पुगेकी थिइन्।

मिडियाले उनलाई प्रियंका नआउनुको कारण सोध्दा प्रियंका बिहेमा अवश्य आउने जवाफ दिएकी हुन्। 

करण जोहर

निर्देशक तथा फिल्म निर्माता करण अम्बानी परिवारका नजिकका व्यक्तिहरूमध्ये एक हुन्। उनी अम्बानी परिवारको हरेक कार्यक्रमको हिस्सा बन्छन्।

तर, यसपटक उनी अनन्त–राधिकाको प्री-वेडिङमा गएनन्। मिडिया रिपोर्टका अनुसार करण अस्वस्थताका कारण समारोहमा उपस्थित हुन नसकेको बताइएको छ। 

अनुष्का शर्मा –विराट कोहली 
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलमई अनन्त-राधिकाको प्रि-वेडिङ समारोहको लागि निमन्त्रणा पठाइएको थियो। तर, भारत बाहिर भएकाले यी दम्पती जामनगर जान सकेनन्। 

खासमा १५ फेब्रुअरीमा अनुष्का दोस्रोपटक आमा बनिन्। उनले लण्डनमा छोरालाई जन्म दिएकी छिन्। जसकारण उनी अम्बानी परिवारको समारोहमा आउन सकिनन्। 

ऋतिक रोशन
अभिनेता ऋतिकलाई यो समारोहमा सहभागी हुन निम्तो पनि आएको थियो तर उनी जामनगर जान सकेनन्। केही समयअघि ऋतिकको मांसपेशीमा चोट लागेको थियो। जसका कारण उनलाई हिँड्नसमेत समस्या भइरहेको छ।

कृति सेनन 
अभिनेत्री कृति पनि यस समारोहमा पुगेकी थिइनन्। अनन्त-राधिकाको प्रि-वेडिङ समारोहमा उनलाई निमन्त्रणा गरिएको थियो वा थिएन भन्ने थाहा छैन।

तर मार्च ३ मा कृतिले सामाजिक सञ्जालमा बहिनी नुपुर र साथीहरूसँग काश्मिरको गुलमर्गमा छुट्टी मनाइरहेकी एक भिडियो सेयर गरेकी छन्।

कार्तिक आर्यन
अभिनेता कार्तिक आर्यन पनि आजभोलि 'भुल भुलैया ३' को सुटिङमा व्यस्त छन्। जसकारण उनी यस अनन्त र राधिकाको प्रि-वेडिङ सेरेमनीमा सहभागी हुन छुटे। 

काजोल 
समारोहमा सहभागी हुन अजय देवगन एक्लै जामनगर पुगेका थिए। काजोल यस कार्यक्रमबाट किन उपस्थित नहुनुको कारण भने खुलेको छैन। 

प्रभास र यश 
रजनीकान्त, रामचरण तेजा जस्ता साउथका सेलिब्रेटीहरू यस समारोहमा आएका थिए। तर प्रभास र यश लगायतका ठूला साउथ स्टारहरू प्रि-वेडिङमा आएनन्।

मिडिया रिपोर्टका अनुसार समारोहमा प्रभास र फिल्ममेकर एसएस राजामौलीलाई पनि निमन्त्रणा गरिएको थियो। तर, दुवैजना नआउनुको कारण भने खुलाइएको छैन ।

मलाइका अरोरा 
अभिनेत्री तथा मोडल मलाइका अरोरा पनि कार्यक्रममा सहभागी भइनन्। मिडिया रिपोर्टका अनुसार उनलाई यस समारोहमा निमन्त्रणा दिइएको थिएन। तर, उनका प्रेमी अर्जुन कपुर समारोहमा जामनगर पुगेका थिए।

कंगना रनौतसहित कंगना विवाहपूर्व समारोहमा सहभागी भएनन् तर उनले सामाजिक सञ्जालमार्फत अनन्त र राधिकालाई बधाई दिएकी छन्।

मलाइकासहित मृणाल ठाकुर, पूजा हेगडे, आयुष्मान खुराना, राजकुमार राव जस्ता कलाकारले निमन्त्रणा नपाएको खबर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .