गीतकार डा हेमन्त खतिवडाद्वारा लिखित हिन्दी गीत संग्रह ‘कैसा मन मस्ताना प्यारे’ (कस्ता रमाइला मेरा प्रिय) प्रकाशन भएको छ।
यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषय समेटिएको छ।
ॐ प्रकाशन दिल्लीले प्रकाशन गरेको कृतिका रहेका दुई सय गीत प्रेम गीतको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् र प्रेमका विविध स्वरूपलाई विभिन्न आयामबाट व्याख्या गरिएको जिकिर गरिएको छ।
गीतकार डा. खतिवडा भन्छन्, ‘प्रेम सतही विषय नभई यसको आफ्नै दर्शन छ। प्रेम गीतलाई म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’
संग्रहमा रहेका गीतमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलन भएको बताइएको छ।
कृतिमा चार गीत नेपालसँग सम्बन्धित पनि छ, जसले गौतम बुद्ध, मुस्ताङको सेरोफेरो, नेपाली संस्कृति र जनजीवनलाई समेटेको प्राकृतिक चिकित्सक पनि रहेका गीतकार खतिवडाले जानकारी दिए। रासस
33
Shares
प्रतिक्रिया