ad ad

कला


थप्पड काण्डपछि सद्‌गुरुको शरणमा कंगना

थप्पड काण्डपछि सद्‌गुरुको शरणमा कंगना

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १२:५६, काठमाडौँ

बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय चर्चामा छन्।

कंगनाले एकसाताअघि मात्रै हिमाचल प्रदेशको मण्डीबाट चुनाव जितिन्। सोहीबीच महिला सुरक्षाकर्मीले थप्पड हानेसँगै कंगना विवादमा परिन्। 

उक्त विवादपछि कगंना सद्‌गुरुको कोइम्बटुर आश्रम पुगेकी छन्। उनले स्वयम् आश्रम पुगेको तस्बिर इन्स्टाग्राममा सेयर गरेकी हुन्। जसमा उनी सद्‌गुरुको आशीर्वाद लिएर बसेको देखिन्छ। 

इशा फाउन्डेसन सेन्टरमा घुम्ने क्रममा उनले सेतो बोर्डर र हल्का गुलाबी रंगको साडी लगाएकी थिइन्। उनले इशा फाउन्डेसन सेन्टरलाई आफ्नो खुसीको ठाउँ समेत रहेको उल्लेख गरेकी छन्। यसअघि कंगना आदियोगीलाई भेट्न आएकी थिइन्।

कंगना रनौत आध्यात्मिक छिन्। उनी प्रायः मन्दिर जान्छिन् र मौका मिल्दा सद्‌गुरुको आशीर्वाद लिन जान्छिन्। 

इन्स्टाग्राममा सेयर गरिएको तस्बिरमा सद्‌गुरु कुर्सीमा बसिरहेका छन् र अभिनेत्री उनको खुट्टामा बसेर मुस्कुराइरहेको देखिन्छ। जुन तस्बिरले फ्यानहरुको ध्यान तानिरहेको छ। 

कामको कुरा गर्दा कंगना अभिनित बहुप्रतिक्षित फिल्म ‘इमर्जेन्सी’ रिलिज हुन बाँकी छ। लोकसभा चुनावका कारण फिल्मको रिलिज मिति सारिएको थियो। चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने बताइएको छ। 

यस चलचित्रको निर्माण तथा निर्देशन कंगनाले नै गरेकी हुन्। फिल्ममा उनी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .