ad ad

कला


‘कङ्गारु’ मा जितु नेपाल अनुबन्धित

‘कङ्गारु’ मा जितु नेपाल अनुबन्धित

नेपालखबर
असार २, २०८१ आइतबार १४:५८, काठमाडौँ

फिल्म ‘कङ्गारु’ मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। शुक्रबार फिल्मका लागि निर्माण पक्षले जितुसँग कागजी सम्झौता गरेको हो।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा देखिने पक्का भइसकेको छ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने  फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ।

जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साहित रहेको बताए।

‘फिल्म ज्वाइँ साबको सेटमै आएर स्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छु,’ उनले भने।

यसअघि फिल्म ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए।

हाल अस्ट्रेलियामा फिल्मका लागि सुटिङ अवलोकन गरिरहेका निर्देशक बस्नेत। यो हप्तामा नयाँ अभिनेत्री फाइनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए।

३५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मको छायांकन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिनेछ।

फिल्ममा सीमा गुरुङको कथा रहेका फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्। यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटि प्रोडक्सन प्रा।लीको सहकार्यमा निर्माण हुन लागेको हो।

फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ निर्माताको रुपमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .