ad ad

कला


स्वस्तिमा र साम्राज्ञीले जसितासँग मागे माफी

स्वस्तिमा र साम्राज्ञीले जसितासँग मागे माफी

नेपालखबर
असार ११, २०८१ मंगलबार १६:५५, काठमाडौँ

एक टेलिभिजनमा अभिनेत्री जसिता गुरुङको निजी जिवनबारे दिएको अभिव्यक्ति विवादित बनेपछि अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले माफी मागेका छन्।

केही दिनअघि दुवै एकसाथ ‘इट्स माइ शो’ कार्यक्रममा पुगेका थिए। जहाँ कार्यक्रमकी होस्ट ओसिन सिटौलाले बजर राउन्डमा प्रश्न सोधिन्। ‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन्?’

प्रश्नको जवाफ दिन स्वस्तिमाले हतार गर्दैँ बजर बजाइन्। र, जसिता गुरुङको नाम लिइन्। लगत्तै साम्राज्ञीले भनिन्, ‘प्रदीप खड्का, धीरज मगर र अहिले अनमोल केसी।’ त्यसपछि तीनैजना बेस्सरी हासे।

त्यस्तै, अर्को प्रश्नमा ओसिनले सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफेन्ड थिए र उनीहरुको नाम के हो?’

यसमा पनि स्वस्तिमाले आना शर्मा र अश्मी श्रेष्ठको नाम लिइन्। साम्राज्ञीले भने आफूलाई थाहा नभएको बताइन्।

यी दुवै अभिव्यक्ति स्वस्तिमा र साम्राज्ञीलाई भारी परेको छ। राष्ट्रिय टेलिभिजनमा गएर चर्चित अभिनेत्रीले अरुको निजी जीवनबारे बोल्नु गलत भएको भन्दै उनीहरुको आलोचना भइरहेको छ।

जसिताले दुवैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै इन्स्टाग्राममा स्ट्याटस लेखेकी छन्।

‘मैले यसबारेमा बोलिरहेकी छु। मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरू राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन। यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिप्रति निकै दु:ख लागेको छ। के एक महिला अर्को महिलालाई निच देखाउने विरुद्धमा छौं?’ उनले प्रश्न गरेकी छिन्।

त्यसैगरी अरूको विगतबारे थाहा नपाएर जथाभावी बोलेको उनको आरोप छ।

‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ? के तपाईंहरू म आफ्नो विगतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो?’

अभिनेता अनमोल केसी जसिताको पक्षमा उभिएका छन्। उनले पहिले वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल लाइफबारे ध्यान दिन महिलाहरूलाई अनुरोध गरेका छन्। 

‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरुको प्रयोग हो। भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म मूल्यलाई लक्षित गर्छ।’

जसिताले असन्तुष्टि जनाएसँगै र सामाजिक सञ्जालमा आलोचना भएपछि दुवै अभिनेत्रीले माफी मागेका छन्। उनीहरुले जसिताको पोस्टमा कमेन्ट गर्दैँ माफी मागेका हुन्।

स्वस्तिमाले जसिताको भावनामा चोट पुर्‍याएको भन्दै आफूहरुू सधैं राम्रो साथी रहेकी उल्लेख गरेकी छिन्। साम्राज्ञीले पनि आफूले कुनै पनि महिला मात्र नभइ कसैलाई पनि नीच देखाउने बारे नसोच्ने बताउँदै माफी मागेकी छिन्।       

यद्यपी, साम्राज्ञीले भने आफूलाई ब्लक गरेको जसिताले उल्लेख गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .