दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले आक्रामक व्यापार गरिरहेको छ। प्रभास स्टारर यस फिल्मले चारदिनमा विश्वव्यापीरुपमा ५०० करोड भारतीय रुपैयाँको आंकडा पार गरेको हो।
आइतबारसम्म घरेलु बक्सअफिसमा यस फिल्मले ३०२।४ करोड भारुको आंकडा पार गरेको हो।
अन्तर्राष्ट्रिय रुपमा पनि यस फिल्मले निकै राम्रो व्यापार गरेको छ। विदेशी बजारमा अनुमानित ३५९.५ करोड भारु रुपैयां कमाएको बताइएको छ।
प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। विशेषगरि, अमिताभले निर्वाह गरिरहेको क्यारेक्टरको निकै चर्चा भइरहेको छ।
नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ। सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो।
6.3k
Shares
प्रतिक्रिया