बलिउड अभिनेत्री आलिया भट्टले आगामी फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन्। यशराज फिल्म्सको यस स्पाइ युनिभर्स फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।
आलिया यस फिल्ममा जबरदस्त एक्शन सीन गर्ने देखिने छिन् जसको लागि उनले निकै तयारी गरिसकेकी छिन्। मिडिया रिपोर्टका अनुसार आलिया वाईआरएफ स्पाई युनिभर्सको पहिलो महिला प्रमुख फिल्ममा गोप्य एजेन्टको भूमिकामा देखिनेछिन्। जुलाई ५ बाट फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरिसकेको बताइएको छ।
यस फिल्ममा आलिया अहिलेसम्मकै अवतार देखिनेछिन्। सुपर एजेन्टको भूमिकाका लागि आलियाले चार महिनादेखि तयारी गरेकी छिन्। फिल्ममा उनी पाँचदेखि छवटा ठूला एक्सन सिक्वेन्समा देखिने भएकाले आलियाको फिटनेस निकै महत्वपूर्ण छ।
चलचित्र ‘अल्फा’ ठूलो बजेटमा निर्माण भइरहेको छ। मिडिया रिपोर्टका अनुसार ‘टाइगर’ फ्रेन्चाइजीमा क्याटरिनाको भूमिकामा जोया र ‘पठान’मा रुबाईको भूमिकामा दीपिकालाई दर्शकले धेरै मन पराएका थिए, जसका कारण आदित्य चोपडाले महिला मुख्य फिल्म बनाउने निर्णय गरेका थिए।
आदित्य चोपडाले फिल्मको एक्शन दृश्यका लागि धेरै विज्ञहरूसँग सम्झौता गरिसकेका छन्। यसमा कोरियाली स्टन्ट संयोजक सि योङ ओह, फ्रान्ज स्पिहाउस र भारतीय एक्सन निर्देशक सुनिल रोड्रिग समावेश छन्।
‘एनिमल’ बाट चर्चामा आएका बबी देओल फिल्ममा भिलेनको भूमिकामा देखिनेछन्। फिल्ममा उनी र आलिया भट्टको एक्सन दृश्य रहनेछ। फिल्ममा आलिया पनि मार्शल आर्ट गर्दै देखिनेछिन्।
Shares
प्रतिक्रिया