ad ad

कला


लकडाउनमा फसेका मजदुर घर फर्काउन सक्रिय सोनु सुदको चर्चा भारतभर

लकडाउनमा फसेका मजदुर घर फर्काउन सक्रिय सोनु सुदको चर्चा भारतभर

नेपालखबर
जेठ १०, २०७७ शनिबार १२:५०,

विभिन्न राज्यमा फसेका मजदुरलाई खाना र बस्नको व्यवस्था उनले गरिरहेका छनभने घर फर्कन चाहनेलाई घर फर्काउन उनी दिनरात लागि परेका छन्।

सोनु सुदको यस जिम्मेवारपूर्ण कामको यतिबेला चौतर्फी प्रशंसा भएको छ। ट्वीटरमा ह्यासट्याग सोनुसुद ट्रेन्डिङमा पुगेको छ।

मानिसहरु उनलाई ‘लकडाउनको हिरो’ भएको बताइरहेका छन्। समाचार संस्था पीटीआईसँग कुरागर्दै सोनुले केहीदिन अगाडि आफूलाई मजदुरले पाएको दुखले पिरोलेको र उनीहरुलाई घर फर्कने व्यवस्था गर्न पुरा कोशिश गरिरहेको बताएका थिए।

कोरोना प्रकोपपछि भारतमा मजदुरहरु बिचल्लीमा परेका छन्। काम बन्द भएपछि उनीहरुको खाने र बस्नेको ठेगान छैन। सोही कारण हजारौं मजदुर सयौं किलोमिटर हिँडेरै घर गइरहेका छन्। हिँड्दा हिँड्दै केहीको मृत्यु भइसकेको छ।

सोनु सुद भन्छन्,‘यो मेरो लागि अत्यन्त भावक क्षण हो। सडकमा घर जान पैदल हिँडेका मजदुर देखेर मेरो मन पिरोलिएको छ। म तबसम्म उनीहरुलाई घर फर्काउने प्रयासमा लागि रहन्छु जबसम्म अन्तिम मजदुर परिवारसँग भेट्दैनन्।’

यतिबेला सोनु सुदलाई भारतीय नागरिकले भगवानको संज्ञा पनि दिन थालेका छन्। विभिन्न स्थानमा थुनिएका मजदुरले सोनु सुदलाई सहयोग गर्न भनिरहेका छन्। एजेन्सी

सोनू सूद

सोनू सूद

ट्विटर

सोनू सूद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .