गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो ‘बाबा’ सार्वजनिक भएको छ।
सत्य स्वरूपको संगीत रहेको सो गीतका रचनाकार कुमार खत्री हुन् भने एरेञ्जर आमोस तामाङ रहेका छन्।
पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन्।
गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए। आमाका बारेमा धेरै गीत, संगीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा बुवाको बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नु रोजाइमा परेको र गीत संगीतमार्फत आम दर्शक तथा श्रोतासामु ल्याएको उनले बताए।
गीत पूर्णरूपमा पिताप्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनिक गरिएको गायक ढुंगानाले बताए।
भिडियाे-
3
Shares
प्रतिक्रिया