राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा बुधबार आफ्नो पहिलो खेल खेल्दै छ।
मंगलबारबाट सुरु भएको लिगमा जमैकाले आज भोलिसेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सीपीएलको सुरुवात गर्नेछ। खेल, ब्रायन लागा क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।
यो सिजन जमैकाले सन्दीपलाई १ करोड बढी रकममा अनुबन्ध गरेको थियो। गत सिजन राष्ट्रिय टोलीको खेलका कारण आधार मात्र खेलेका सन्दीपले यो सिजन पूरै खेल्नेछन्। यसअघिका दुवै सिजन सन्दीपले फरक–फरक टोलीबाट खेलेका थिए।
सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स र २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए।
आजै हुने दोस्रो खेल गुयाना अम्याजन वारियर्स र एस टी किट्स एण्ड नेभिस प्याट्रियट्सबीच हुनेछ।
यसअघि हिजो भएको खेलमा ट्रिनबागो नाइट राइडर्सले गुयाना अम्याजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
अर्को खेलमा बार्बाडोस ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सलाइ ६ रनले पाखा लगायो।
सीपीएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेछ। ६ टोलीले प्रतिस्पर्धा गर्ने सीपीएलमा शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ।
प्रतिक्रिया