ad ad

कला


मानव धर्म सेवा समितिले शुक्रबार ग्लोबल भक्ति संगीत उत्सव आयोजना गर्ने

मानव धर्म सेवा समितिले शुक्रबार ग्लोबल भक्ति संगीत उत्सव आयोजना गर्ने

नेपालखबर
असोज २१, २०७७ बुधबार ११:५२,

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा पर्सि शुक्रबार ग्लोबल भक्ति संगीत उत्सव २०७७ हुँदै छ।

आज बुधबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगीतिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे समितिले जनाएको छ।

जुम प्लेटफर्म मार्फत हुने भक्ति संगीत उत्सवमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुति रहनेछ। सो दिन नेपालसहित, भुटान, बेलायत, क्यानडा, दुवई, भारत, अमेरिका, मोरिसस, केन्या, अष्टे«लियालगायतका देशका कलाकारले प्रस्तुति दिनेछन्। कार्यक्रममा भक्ति संगीतका साथै सांस्कृतिक नृत्यहरु पनि समावेश गरिनेछ।

कार्यक्रमले मानव मनलाई आनन्द र शान्ति प्रदान गर्नुका साथै नेपाली लोक बाजा र संस्कृतिको प्रवर्द्घन, परम्परागत गायनको प्रचारप्रसार र नेपाली गीत संगीतप्रति युवापुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताए।

साँझ ५ बजेबाट सुरु हुने उत्सवमा आनी छोइङ डोल्मा, वरिष्ठ गिटारवादक अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुति ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुति दिनेछन्।

यस्तै नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमका आकर्षण रहनेछन्। २९ वटा प्रस्तुति रहने कार्यक्रममा जुममार्फत संसारभरिबाट सहभागी हुन सकिने समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .