ad ad

कला


डा. रानी शाक्यको ‘बैंशालु जोवन’ रिलिज (भिडियो)

डा. रानी शाक्यको ‘बैंशालु जोवन’ रिलिज (भिडियो)

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ६:५९,

गायिका डा. रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘बैशालु जोवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ। समीर राइको शब्द र बिक्रम थापाको संगीत रहेको गीत भिडियोमा कमल सिंह र समिक्षा पोखरेलको अभिनय रहेको छ।

बुद्ध थापाको सिनेमाटोग्राफी, सुशील पौडेलको सम्पादन रहेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो। बिभिन्न डिजिटल प्लेटफर्ममा अनि गायिका रानीका गीतहरु त्यतिकै धेरै सुनिएका छन्।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन्। आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफूलाई अब्बल सावित बनाइसकेकी छन्।

यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी गायिका शाक्य यही पुस १५ गते हुने स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको नोमिनेशनमा परेकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .