ad ad

समाज


दुई बालिका र एक वृद्धा बलात्कारको आरोपमा तीनजना पक्राउ

दुई बालिका र एक वृद्धा बलात्कारको आरोपमा तीनजना पक्राउ

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ७:९,

विभिन्न स्थानबाट बलात्कारका तीन आरोपी पक्राउ परेका छन्। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–६ का ३४ वर्षीय अम्मर बहादुर नेपालीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ। अम्मरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै तेह्रथुममा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका–३ जलजले का २५ वर्षीय सिंहराज खापुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो खापुङले मादक पदार्थ सेवन गरी ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको सूचना प्रहरीलाई आएको थियो।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाईपक्राउ गरेको हो।

उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .