विश्वका धेरै मानिसले अमेरिकी समाजसेवी, व्यवसायी र चर्चित मोडल किम कार्दिसियनलाई चिन्छन्।
उनको सफल व्यवसायसँगै शारीरिक बनावटबाट पनि धेरै मानिसहरु प्रभावित छन्। यसको एक उदाहरण बनेकी छिन् एक महिला। जसले आफू पनि किमजस्तै देखिन ठूलो रकम खर्च गरेकी छिन्।
जेनिफर पाम्प्लोनाले किम कार्दिसियनजस्तो देखिन ६ लाख डलर (करिब ७ करोड ६४ हजार नेपाली रुपैयाँ) खर्च गरेकी हुन्।
त्यति रकम खर्च गरेर ठ्याक्कै त्यस्तै देखिएकी उनी अहिले आफ्नो पुरानो स्वरुपमा फर्किन पुनः १ लाख २० हजार डलर (करिब १ करोड ५२ लाख रुपैयाँ) रुपैयाँ खर्च गरिरहेकी छिन्।
न्युयोर्क टाइम्सका अनुसार २९ वर्षीया मोडलसमेत रहेकी उनलाई किम कार्दिसियनजस्तो देखिन १२ वर्षको समय लागेको थियो। यो क्रममा उनले ४० वटा कस्मेटिक शल्यक्रिया गराएकी थिइन्। त्यसपछि उनले आफ्नो चाहना सतही मात्र रहेको बुझिन्।
त्यसपछि मानिसहरुले उनलाई कार्दासियन नामले बोलाउँदा पनि रिस उठ्न थालिसकेको थियो। उनले यसले गर्दा आफूले अहिलेसम्म पाएको सबै उपलब्धि यसले गर्दा छायामा परेका उनको भनाइ छ।
पहिलोपटक उनले १७ वर्षको उमेरमा पहिलोपटक शल्यक्रिया गराएकी थिइन्। त्यतिबेला कार्दासियन निकै चर्चित थिइन्।
यद्यपि कार्दसियनजस्तो देखिन थालेपछि उनले उनलाई आफ्नो पुरानै स्वरुपको पीर लाग्न थालेको थियो।
उनले टर्कीको इस्तानबुलका एक डाक्टर भेटिन् जसले उनलाई पुरानै स्वरुपमा फर्काउन सक्ने बताए। त्यसैले उनी अहिले पुरानै अवस्थामा फर्किने प्रक्रियामा अघि बढेकी छिन्।
Shares
प्रतिक्रिया