यस पर्वमा महिलाले श्रीमानको आयु लामो होस् भन्ने कामना गर्दछन्।
सामान्य हिसाबमा कर्वा चौथमा एक महिलाले आफ्ना श्रीमानको आयुको कामना गर्दै प्रार्थना गर्दछिन्, ब्रत बस्दछिन्।
तर भारतको उत्तर प्रदेशमा एक व्यक्तिका तीन श्रीमतीले एकैपटक श्रीमानको लागि कर्वा चौथको ब्रत बसेर प्रार्थना गरेका छन्।
सोभा, रिना र पिंकी नाम गरेका यी महिलाहरु आफ्नै दिदीबहिनी भएको र यिनीहरुले १२ वर्ष अगाडि एकै व्यक्तिसँग विवाह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
कृष्ण नाम गरेको पुरुषसँग उनीहरु सुरुवातदेखि नै मिलेर बसेको जनाइएको छ। श्रीमानको विषयलाई लिएर यी तीन महिलाबीच कहिल्यै विवाद नभएको पनि जनाइएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया