भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा बेहुला नाचेपछि बेहुलीले बिहे नै रद्द गरेकी छन्।
उत्तर प्रदेशको करहल थाना क्षेत्रअन्तर्गत गम्भीरा गाउँमा ७ डिसेम्बरका दिनको घटना हो। स्थानीय ब्रजेश कुमारकी छोरीको विवाह हुँदै थियो।
आजतकका अनुसार जन्ती लिएर पुगेका बेहुलासँग बेहुलीको बिहे गर्ने प्रक्रिया सुरु हुँदै थियो। यहीबीच बेहुला उठेर आफ्ना साथीहरूसँग नाच्न थाले।
जब बेहुलीले बेहुला नाचेको देखिन्, तब उनलाई बेहुलाको हाउभाउ ठीक लागेन। उनले बेहुला मदिराको मातमा नाचेको पत्ता लगाइन्। बेहुलाले मात्र नभई बेहुलाका बुवाले पनि रक्सी खाएको खुलासा भयो।
त्यसपछि बेहुलीले ती बेहुलासँग बिहे नगर्ने अडान लिइन्। बेहुला पक्षले उनलाई मनाउन अनेक प्रयास गर्यो, तर केटी मान्दै मानिनन्।
बेहुलीको निर्णयमा उनको परिवारले पनि साथ दियो। त्यसपछि बेहुला जन्ती मात्र लिएर फर्किन बाध्य भए।
Shares
प्रतिक्रिया