ad ad

गण्डकी


तिब्बती कम्युनिस्ट पार्टीका नेता पोखरामा

तिब्बती कम्युनिस्ट पार्टीका नेता पोखरामा

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १९:२६, पोखरा

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ पोखरा भ्रमणमा आएका छन्।

काठमाडौंमा महत्वपूर्ण राजनीतिक भेटघाटपछि पोखरा आएका उनले शुक्रबार चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् भने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग औपचारिक भेटवार्ता पनि गरेका छन्।

मुख्यमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सोझो उडानमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै प्राविधिक टिमलाई अध्ययन गर्न पठाउने घोषणा गरे।

गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने उनको भनाइ थियो। भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरूनियमित संचालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे।

कोरोला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दूत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए।

चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओलगायत सहरहरूबाट नियमित सीधा उडानका लागि अनुरोध गरे।

‘यसले दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कलाई पनि मद्धत पुर्‍याउनेछ,’ मुख्यमन्त्री पाण्डेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .