ad ad

गण्डकी


पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १८:१८, काठमाडौँ

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ।

पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको हो। समितिको अध्यक्ष उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन्। 

बैठकले मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी  १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ।

त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ। मल बिक्रेताले प्लाष्टिक झोलाको मुल्य प्रतिकिलो बढीमा  २ रुपैयाँ थप लिन सक्ने निर्णय गरेको महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामीले जानकारी दिए। 

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्नको लागि छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री–वितरण गर्ने गरिने छ। मल बिक्री वितरणका लागि आर्थिक वर्ष २०८०/०८१ मा मल बिक्रेताले बिक्री गरेको आधारमा कोटा निर्धारण गरिएको अर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया १ हजार २२१ मेट्रिकटन,  डीएपी ६४५ मेट्रिकटन र पोटास ९८ दशमलव ९५ मेट्रिकटन गरी १ हजार ९६५ दशमलव २ मेट्रिकटन खपत भएको महानगरले जनाएको छ।

गण्डकी प्रदेश र महानगरभित्र रासायनिक मलको अभाव नभएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड पोखराका प्रमुख सागर शेरचनले बताए। 

उनका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशमामा ४ हजार ५१५ दशमलव ७० मेट्रिकटन युरिया, २ हजार १४२ दशमलव ७५ डिएपी र १४५ दशमलब ६० मेट्रिकटन पोटास खपत भएको छ।

गण्डकी प्रदेशमा गत आर्थिक २०८०/०८१ मा  ६ हजार ९३५ दशमलव ६५० मेट्रिकटन युरिया, २ हजार ७९५ दशमलव  २ सय डिएपी र ५२३ दशमलव ७५० मेट्रिकटन पोटास खपत भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए।

गण्डकी प्रदेशमा सरकारले उपलब्ध गराउने अनुुदानको रासायनिक मल साल्ट टे«डिङ कर्पोरेसन र कृषि सामग्रीमार्फत् वितरण हुने गर्दछ।  

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई महानगरले तोकेकै मुल्यमा सहज रुपमा किसानलाई मल उपलब्ध समेत अनुरोध गरेको छ।

सहज र सपथ मूल्यमा मल बिक्री गरे/नगरेको  अनुगमन गर्न  पोखरा महानगरका उपप्रमुख गुुरुङले निर्देशन पनि दिएकी छन्।

‘किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ,’ गुरुङले भनिन्, ‘अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गथ्र्यौँ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं।’

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको बताउँदै अनुुदानको मल बढि मूल्यमा विक्री गर्नेहरुलाई कारबाही गरिने बताए।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको बताए।

उनले रासायनिक मलको अनुुपात अनुसार खेतबारीमा पोटासको प्रयोग गरेको नदेखिएको बताउँदैँ किसानलाई सचेतना अभिवृद्धि गर्नुुपर्ने आवश्यकता औंल्याए।

अनुमति नलिइकन बिक्री वितरण गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने र आफनो कार्यक्षेत्र भन्दा बाहिर बिक्री गर्ने, मूल्यसूची नराख्ने र बिलबिजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने महानगर आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .