ad ad

ग्लोबल


न्यायपालिकाका कारण लोकतन्त्र जीवित छ : इमरान खान

न्यायपालिकाका कारण लोकतन्त्र जीवित छ : इमरान खान

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २१:१६, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले अहिलेसम्म लोकतन्त्रलाई न्यायपालिकाले बचाइरहेको टिप्पणी गरेका छन्। 

उनले भने, ‘यी मानिसहरूले न्यायपालिकामाथि आक्रमण गरिरहेका छन्। म देशलाई संविधान र न्यायपालिकाको पक्षमा उभिन आग्रह गर्दछु।’

उनले सबै सरकारी भवनको छानबिन हुनुपर्ने बताएका छन्। 

उनले भनेका छन्, ‘म जलेको सबै सरकारी भवनको छानबिन होस् भन्ने चाहन्छु। गोली चलाउनेहरुको छानबिन हुनुपर्छ तर उनीहरु (सरकार)ले छानबिन गरोस् भन्ने म चाहन्न। प्रधानन्यायाधीशले छानबिन गरोस् भन्ने चाहन्छु।’

उनले सरकार निर्वाचनबाट भागेको आरोप पनि लगाएका छन्।

‘लोकतन्त्र चाहनेले तनाव चाहँदैनन्। उनीहरु चुनावबाट भागिरहेका छन्,’ उनले भनेका छन्।

 

 

 

लाहोरबाट एक अनलाइन पत्रकार सम्मेलनमा इमरान खानले भने, ‘मलाई हिजोदेखि समाचार आउन थालेको छ। मैले तथ्य लिइरहेको थिएँ, के भयोरु मेरो र्‍यालीमा परिवार आउँछन्। महिला आउँछन्। हामी किन हिंसा चाहन्छौंरु

इस्लामाबाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको छ।

नेशनल एकाउन्टेबिलिटी ब्यूरोले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट अल-कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियो।

खानलाई दुई दिन हिरासतमा राखिएको थियो। त्यसपछि बिहीबार सर्वोच्च अदालतले उनलाई पक्राउ गैरकानुनी ठहर गर्दै प्रहरी लाइन्सको गेस्ट हाउसमा थुनामा राख्न आदेश दिएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .