बंगालको खाडीमा विकसित ‘मोखा’ नामको पछिल्लो दशककै सबैभन्दा भीषण चक्रवात बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा पुग्नै लागेको छ।
हावाको वेगका हिसाबले चक्रवातलाई धेरै वर्गमा विभाजन गरिएको छ भने मोखा आँधीलाई पाँचौं श्रेणीमा राखिएको छ।
यो आँधीको गति २५० किलोमिटर वा सोभन्दा बढी हुने अनुमान गरिएको छ।
योसँगै यो आँधीका कारण समुद्र छेउछाउका क्षेत्रमा सामुद्रिक छालको उचाइ चार मिटरसम्म पुग्न सक्ने आशंका गरिएको छ।
जसका कारण तटीय क्षेत्रमा बाढीको ठूलो सम्भावना छ।
यस प्रकोपबाट जनतालाई बचाउन प्रशासनले पाँच लाख मानिसलाई सुरक्षित स्थानमा पठाएको छ ।
तर, बंगलादेशको कक्स बजार र म्यानमारको समुद्री तटनजिकै बसोबास गर्ने १० लाख रोहिंग्या शरणार्थीप्रति चिन्ता व्यक्त गरिएको छ।
चक्रवात बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा ठोक्निनुअघिका केही दृश्य- (सबै तस्बिर : बीबीसी)
Shares
प्रतिक्रिया