ad ad

ग्लोबल


सेनाको दबाबबीच इमरान खानलाई अदालतको राहत

सेनाको दबाबबीच इमरान खानलाई अदालतको राहत

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १४:५६, काठमाडौँ

राजनीतिक संकट गहिरिँदै गएको पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले राहत दिएको छ।

त्यहाँको सेना नै उत्रिएर इमरानको पार्टीका नेता कार्यकर्तामाथि निरन्तर धरपकड बढाइरहँदा अदालतले उनलाई राहत दिएको हो। 

लाहौरको आतंकप्रतिरोधी अदालतले पूर्व प्रधानमन्त्री खानलाई ९ मे तारिखमा भएको हिंसाको तीन मामिलामा भएको गिरफ्तारीमा अग्रिम जमानत दिएको हो। 

अल कादिर ट्रस्ट मामिलामा इमरान खानका समर्थक सडकमा उत्रिएका थिए। त्यसक्रममा इमरानका कार्यकर्ता र पुलिससँग देशभर झडप भएको थियो

त्यही समयको हिंसाका तीन मामिलामा अदालतमा सुनुवाइ भएको थियो। तीमध्ये एक लाहौरमा सेनाको हेडक्वार्टरमा आक्रमणसँग जोडिएको थियो।

शुक्रवार विशेष आतंकप्रतिरोधी अदालतमा यी मामिलामा सुनुवाइका क्रममा न्यायाधीश एजाज अहमद बत्तरले इमरानलाई १ लाखको जमानत मुचल्का जम्मा गर्न निर्देशन दिए।

जसलाई लिएर अदालतलाई ढुक्क हुन भन्दै इमरानले जमानत बुजाउने बताए। 

इमरानले आफ्ना समर्थकविरुद्ध पुलिसको कारबाहीलाई लिएर पत्रकारसँग कुरा गर्दै पछिल्ला ३५ वर्षमा आफूले यस्तो दमन नदेखेको बताएका छन्। 

‘सारा मानवाधिकार अब खोसिसकेको जस्तो लाग्न थालेको छ। केबल अदालतले मानवाधिकारको रक्षा गरिरहेको छ’, उनले पत्रकारसँग कुरा गर्दै भनेका छन्।

इमरानले आफू अन्तिम अवस्थासम्म लडिरहने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .