ad ad

ग्लोबल


जापानले कानुनमा बदल्यो बलात्कारको परिभाषा, सहमतिको उमेर पनि १३ बाट १६ पुर्‍याइयो

जापानले कानुनमा बदल्यो बलात्कारको परिभाषा, सहमतिको उमेर पनि १३ बाट १६ पुर्‍याइयो

नेपालखबर
असार १, २०८० शुक्रबार १५:२१,

जापानले बलात्कारलाई पुनर्परिभाषित गर्दै कानुन पास गरेको छ। सो कानुनले सहमति दिने उमेर पनि बढाएको छ।

यो जापानको यौन अपराधसम्बन्धी कानुनमा निकै ठूलो बदलाव हो।

अबको कानुनमा ‘सहमतिबिनाको यौन सम्बन्ध’लाई बलात्कार भनिएको छ। यसअघि ‘जबर्जस्ती यौन सम्बन्ध’ लाई बलात्कार भनिएको थियो।

यौन सम्बन्धका लागि सहमति दिने वैधानिक उमेर १३ बाट बढाएर १६ पुर्‍याइएको छ।

यसअघिको कानुनले यौन सम्बन्धका लागि बाध्य बनाइएकाहरुलाई संरक्षण गर्न नसकेको आरोप लाग्दै आएको थियो।

यो नयाँ कानुन शुक्रबार जापानी संसदको माथिल्लो सदनले पारित गरेको छ। 

१९०७ यता जापानले पहिलो पटक सहमतिको उमेर बढाएको हो।

यसअघि विकसित देशहरुमध्ये सहमतिको उमेर सबैभन्दा कम भएको मुलुकमा पर्थ्यो जापान। यद्यपि, १३ देखि १५ वर्षबीचकासँग यौन सम्बन्ध राख्ने व्यक्तिलाई तब मात्रै सजाय हुन्छ, जतिबेला ऊ पीडितभन्दा पाँच वर्ष जेठो हुन्छ।

त्यस्तै, बलात्कारको उजुरी दिने अवधि पनि १० वर्षबाट बढाएर १५ पुर्‍याइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .