चिनियाँ वैज्ञानिकहरुले हिमालय क्षेत्रमा दुर्लभ खनिजको सम्भावित विशाल भण्डार पत्ता लगाएका छन्।
वैज्ञानिकहरुले आर्टिफिशियल इन्टेलिजेन्सको सहयोगमा यो दुर्लभ भण्डार भेट्टाउन सफल भएका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यस नयाँ खोजबाट चीन यस क्षेत्रमा प्रमुख आपूर्तिकर्ता बन्न सक्छ।
तर दुर्गम र जटिल हिमाली भूगोल भएकाले भेटिएको यो दुर्लभ खनिज पदार्थ उत्खनन भने सजिलो छैन। यसका लागि कयौँ वर्ष लाग्न सक्छ।
समाचार अनुसार वुहानस्थित चाइना युनिभर्सिटी अफ जियोसाइन्सेजका शोधकर्ताले तिब्बती पठारस्थित १ हजार किलोमिटर लामो भूगोलमा फैलिएको यो भण्डरा पत्ता लगाएको हो। यो भण्डार पत्ता लगाउन चीनले एआईको प्रयोग गरेको थियो।
रिपोर्टमा उल्लेख भए अनुसार चीनले सन् २०२० मै यो खनिज भण्डारको खोजीका लागि एआई प्रणाली बनाउन लागेको थियो।
यस परियोजनाको नेतृत्व ज़ुओ रेङ्गुआङ्ग र उनकी टिमले गरेको थियो। रेङ्गुआङ्गको टिमले नयाँ दुर्लभ खनिज भण्डार पता लगाउन कच्चा उपग्रह डाटालाई स्क्यान गर्न एआई-आधारित प्रणाली बनाएको थियो।
शोधकर्ताका अनुसार चीनमा अबको १५ देखि २० वर्षमा औद्योगिकीकरण र शहरीकरणमा कमीका कारण फलाम, तामा, आल्मुनियम, कोइला र सिमेन्ट जस्ता खनिज संशाधनको माग तीव्र गतिमा घट्ने अपेक्षा छ।
त्यसपछि उत्खननको काममा चीनले आफ्नो मुख्य ध्यान दुर्लभ खनिजतिर लगाउन सक्नेछ।
नयाँ खनिज पदार्थ नयाँ ऊर्जा, रक्षा र सैन्य प्रौद्योगिकी तथा सूचना प्रौद्योगिकी जस्ता सम्भावना भएका उद्योगहरुमा आवश्यक हुनेछ।
चीनले पत्ता लगाएको खनिज पदार्थ विश्वव्यापी प्रतिस्पर्धामा एक प्रमुख रणनीतिक साधनका रुपमा आउनेछ।
शोधकर्ताहरुका अनुसार यो खोजले अहिलेको विश्व सन्तुलनलाई चीनको पक्षमा झुकाउन सक्नेछ।
सन् १९८० र १९९० को दशकमा रहेको खनिज भण्डारमा चीनको हिस्सा ४३ प्रतिशतबाट घटेर सन् २०२१ मा ३६.७ प्रतिशत भएको छ।
यसबीचमा चीनबाहिर दुर्लभ खनिज पदार्थमा महत्वपूर्ण वृद्धि भएको छ। जुन यस अवधिमा दुई गुणाभन्दा धेरै हो।
प्रौद्योगिकीमा तीव्र परिवर्तनले दुर्लभ खनिजलाई ऊर्जादेखि लिएर रक्षासम्बन्धी काममा पनि एक महत्वपूर्ण हिस्सा बनाइदिएको छ।
चीनद्वारा विकसित एआई प्रणालीलाई हल्का रंगको ग्रेनाइटको पहिचान गर्न सिकाइएको थियो।
चिनियाँ भूवैज्ञानिकहरूले सगरमाथासहित पूरै हिमालयमा दुर्लभ ग्रेनाइट भेट्टाएका थिए। तर हालसम्म तिनको उतखननबारे चिनियाँहरुले सोचेकै थिएनन्।
करिब एक दशकअघि उनीहरुले तिब्बतका केही चट्टानको नमूनामा खनिज र लिथियमको खोज गरेका थिए। जसका कारण उनीहरुलाई नयाँ एआई उपकरण विकसित गर्नका लागि काम गर्नु परेको थियो।
सुरुवातमा यो एआई मेशिनको सटिकता ६० प्रतिशत थियो। त्यसपछि शोधकर्ताको टोलिले एआई सिस्टममा चट्टानको रासायनिक संरचनाबारेमा जानकारी थपेका थिए। जसले त्यो मेशिनको कामको नतिजा ९० प्रतिशतसम्म बढेको छ।
के के हुन् १७ दुर्लभ खनिज?
नियोडिमियम
यट्रियम
ल्यान्थेनम
सेरियम
प्रासोडायमियम
टर्बियम
डिस्प्रोसियम
स्क्यान्डियम
सामरियम
युरोपियम
ग्याडोलिनियम
लुटेटियम
होल्मियम
थ्युलियम
यटरबियम
एर्बियम
प्रोमेथियम
Shares
प्रतिक्रिया