ad ad

ग्लोबल


युक्रेन युद्ध टुंग्याउन रसियासँग ‘ब्याक डोर’बाट गोप्य वार्ता गर्दै अमेरिका

रुसी विदेशमन्त्री पनि गुपचुप पुगेका थिए न्युयोर्क
युक्रेन युद्ध टुंग्याउन रसियासँग ‘ब्याक डोर’बाट गोप्य वार्ता गर्दै अमेरिका

नेपालखबर
असार २२, २०८० शुक्रबार ११:५७, काठमाडौँ

रूस-युक्रेन युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ। यसबीचमा अमेरिका र रसियाबीच गोप्य वार्ता भइरहेको खुलेको छ।

एक रिपोर्टअनुसार अब अमेरिकाले यस युद्धलाई अन्त्य गर्नका लागि रूससँग ‘ब्याकडोर डिप्लोमेसी’मार्फत वार्ता सुरु गरेको छ। 

यो गोप्य वार्ता गत अप्रिलदेखि सुरु भएको हो। अहिले पनि यो वार्ता जारी रहेको छ। रूसको तर्फबाट यस ‘ब्याकडोर’ वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी भइरहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अमेरिकी इन्टेलिजेन्स प्रमुख संवादमा छन्। 

अर्काततिर एक रिपोर्टमा दाबी गरिएअनुसार २४ जुनमा वागनर प्राइभेट आर्मी मस्कोतिर बढेपछि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन एक गोप्य स्थानमा भूमिगत भएका थिए। 

अमेरिकी समाचार च्यानल एनबीसीका अनुसार  रूस र युक्रेनको युद्ध टुंग्याउन अमेरिकाले अप्रिलमा उच्चस्तरीय ‘ब्याक च्यानल डिप्लोमेसी’ सुरू गरेको थियो। 

कूटनीतिक बृत्तमा यसलाई ट्र्याक २ कूटनीति पनि भनिन्छ। वार्ताका लागि पुटिननिकट विदेशमन्त्री लाभरोभ न्युयोर्क पुगेका थिए। त्यहाँ उनले अमेरिकाका वरिष्ठ कूटनीतिज्ञसँग वार्ता गरेका थिए।

अमेरिकाको तर्फबाट वार्तामा बसेका कूटनीतिज्ञ रिचर्ड हास हुन्।  उनी काउन्सिल अन फरेन रिलेशन्सका प्रमुख हुन्। यिनका अलावा युरोपेली मामिलाका विज्ञ चार्ल्स कुपचान र रूस मामिलाका विज्ञ थोमस ग्राहम पनि वार्तामा सहभागी थिए। दुवैजना व्हाइट हाउस र विदेश मन्त्रालयबाट अवकासप्राप्त हुन्। एक रिपोर्टअनुसार वार्ता अहिले पनि चलिरहेको छ।

ब्याकडोर वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी भइरहेका छन्। उनको साथमा अन्य कूटनीतिज्ञ पनि सहभागी थिए। उनीहरुको विवरण खुलाइएको छैन।

समाचार अनुसार अप्रिलमा भएको वार्तामा केही गम्भीर विषयमा कुरा भएको थियो। त्यसबेला रुसले कब्जा गरेको युक्रेनी भूमि मुख्य विषय बनेको थियो। 

वार्तामा रुसले कब्जा गरेको भूमिलाई स्वतन्त्र क्षेत्र घोषित गर्ने कि रुसकै नियन्त्रणमा जान दिने विषयमा कुरा भएको हो। युद्धमा बन्दी बनाइएका सैनिकलाई एक दोस्रो देशमा हस्तान्तरणबारे पनि कुरा भएको थियो। त्यक्रममा पुटिन र जेलेन्स्कीबीच यसबारे सिधै वार्ता हुन सक्ने अनुमान गरिएको छ।

केही दिनअघि सीएनएको एक रिपोर्टमा दाबी गरिएअनुसार अमेरिकी इन्टेलिजेन्स सीआईएका प्रमुख विलियम बर्न्स युक्रेन गएका थिए। त्यहाँ उनले राष्ट्रपति जेलेन्स्कीसँग लामो वार्ता गरेका छन्। त्यसक्रममा युक्रेनको इन्टेलिजेन्स सर्भिसका कयौँ अधिकारी पनि थिए। 

त्यसपछि बर्न्सले रसियन समकक्षी सर्गेई नेरेशकिनसँग वार्ता गरेका थिए। यस क्रममा बर्न्सले रूसमा वागनर विद्रोहमा अमेरिकाको कुनै हात नरहेको बताएका थिए।

‘न्यूजविक’ म्यागजिनको एक रिपोर्टअनुसार २४ जुनका दिन जब रूसको वागनर ग्रुपले विद्रोह गरेर सैनिक टोली मस्कोतर्फ बढिरहेका बेला पुटिनले राष्ट्रपति भवन छाडिदिएका थिए। यो दाबी रूसबाहिर रहेका पूर्व कार्यकारी प्रमुख मिखाइल खोदरोकोवस्कीले गरेका हुन्।

रिपोर्टमा मिखाइललाई उद्धृत गर्दै पुटिन एक चार्टर्ड जहाजबाट भाल्देई रेसिडेन्स गएका थिए। यस उडानलाई फ्लाइट डाटामा देखाइएको थिएन। यसअघि पुटिन यसै भाल्देईको बंकरमा लुकेको दाबी गरेका थिए। समाचार अनुसार पुटिन र अन्य सरकारी अधिकारी पनि मस्कोबाहिर गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .