ad ad

ग्लोबल


इरानका महिला कैदी भन्छन्– जेलभित्र हामीलाई निर्वस्त्र पारिन्छ

इरानका महिला कैदी भन्छन्– जेलभित्र हामीलाई निर्वस्त्र पारिन्छ

नेपालखबर
साउन ५, २०८० शुक्रबार १०:५२, काठमाडौँ

इरानका पूर्व महिला कैदीहरूले आफूहरूलाई जेलमा कपडा खोलेर खानतलासी गर्ने गरिएको बताएका छन्।

बीबीसीका अनुसार महिला कैदीहरूले सेनेटरी प्याड र ट्याम्पनसमेत हटाउन बाध्य पारिएको गुनासो गरेका छन्। 

एभिन र क्वार्चाकमा झण्डै तीन वर्ष जेलमा बिताएकी मोजगन केशावार्ज भन्छिन्, ‘उनीहरूले हामीलाई अपमानित गर्न यसो गर्छन्।’ 

आफूलाई तीनपटक सेक्युरिटी क्यामेराअगाडि कपडा खोलेर चेकजाँच गरिएको उनले बताइन्। उनी सन् २०२२ मा जेलबाट रिहा भएकी थिइन्।

उनका अनुसार तेस्रो पटक महिला गार्डले नग्न अवस्थामा उनको तस्बिर खिचेकी थिइन्।

यसप्रति केशावार्जले आपत्ति जनाउँदा पछि कसैले यातनाको आरोप लगाउन नसकून् भनेर यसो गरिएको जवाफ दिइएको थियो। 

उनको इन्स्टाग्राम पेजमा हिजाबबिनाका धेरै तस्बिर छन्। उनलाई देशको सुरक्षाविरुद्ध षड्यन्त्र गर्ने, इस्लामको अपमान गर्ने, इरानविरुद्ध प्रचार गरेको, भ्रष्टाचार र प्रलोभनलाई बढावा दिएको आरोप लगाइएको छ।

उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ।

उनी हालै भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएकी छन्, उक्त अभियोगमा मृत्युदण्डसम्मको सजाय हुनेछ। उनी अहिले निर्वासनमा छन्, जहाँबाट उनले बीबीसीसँग कुरा गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .