ad ad

ग्लोबल


चिनियाँ विदेशमन्त्रीको जिम्मेवारी फेरि वाङ यीलाई

चिनियाँ विदेशमन्त्रीको जिम्मेवारी फेरि वाङ यीलाई

नेपालखबर
साउन ९, २०८० मंगलबार १७:२३,

चीनका विदेशमन्त्री छिन काङ बर्खास्त भएपछि सो जिम्मेवारी यसअघिका विदेशमन्त्री वाङ यीलाई दिइएको छ। 

वाङ सीको पहिलो र दोस्रो कार्यकालमा चीनको विदेशमन्त्री थिए। वाङ २०१३ देखि २०२२ सम्म विदेशमन्त्री थिए।सीको तेस्रो कार्यकाल सुरु भएसँगै उनको बढुवा भएको थियो।

हाल उनी कम्युनिस्ट पाटएिको विदेश मामिला निर्देशक छन्। अर्थात् चीनको कूटनीतिक क्षेत्रको सबैभन्दा उच्च पदस्थ व्यक्ति वाङ नै हुन्।

यसरी विदेश मन्त्रालय सम्हालिसकेका पुराना नेतालाई पुनः विदेशमन्त्रीको जिम्मेवारी दिनु आश्चर्यजनक निर्णय भएको विश्लेषण गरिएको छ। 

६९ वर्ष पुगिसकेका अनुभवी कूटनीतिज्ञ वाङ गत महाधिवेशनबाट नै अवकाशमा जानुपर्ने थियो। तर, राष्ट्रपति सी र वाङले भने अवकाश लिएनन्। उनको पोलिट्ब्युरोमा बढुवा भयो।

कूटनीतिमा अनुभवी नेताको अभावका कारण सीले उनलाई निरन्तरता दिएको बताइएको थियो। 

एक महिनायता सार्वजनिक रुपमा नदेखिएका छिनलाई बर्खास्त गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले बताएका छन्। 

५७ वर्षीय छिन विदेश मन्त्रालयका प्रवक्ता, अमेरिकाका लागि राजदूत हुँदै विदेशमन्त्री भएका उनको तीव्र गतिमा बढुवा भएको थियो। 

त्यसैले उनलाई सी चिनफिङको निकटस्थ नेताका रुपमा हेरिन्थ्यो।

तर जुन २५ देखि ‘गायब’ भएका उनीबारे विभिन्न अड्कलबाजी चलिरहेको छ। उनलाई किन हटाइयो, त्यसको कारण पनि सार्वजनिक गरिएको छैन।

चीनको संसद् नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले मंगलबार यो निर्णय गरेको हो। छिनलाई हटाउन संसदको स्थायी समितिको विशेष अधिवेशन डाकिएको थियो।

त्यसअघि सोमबार कम्युनिस्ट पार्टीको निर्णायक पोलिट्ब्युरोको बैठक बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .