भारतस्थित उत्तर प्रदेशको मेरठ जिल्लामा एक नाबालिग किशोरीलाई यौन शोषण गरिएको भिडिओ भाइरल बनाएको घटना सार्वजनिक भएको छ। यस विषयमा पीडितकी आमाले जुलाई २४ मा उजुरी दिएकी छन्।
सो आधारमा प्रहरीले आठ युवाविरुद्ध सामूहिक बलात्कार कसुरमा मुद्दा दर्ता गरेको छ।
मेरठका एएसपी कमलेश बहादुरले पत्रकारहरूलाई भनेका छन्, ‘एउटी महिलाले आफ्नो उजुरीमा उल्लेख गरेअनुसार एक युवकले उनकी १६ वर्षीया छोरीलाई विवाहको बहानामा यौन शोषण गरिरहेका थिए। ती युवकका साथीहरूले समेत उनलाई दुर्व्यवहार र कुटपिट गरेको भिडिओ पनि बनाएका छन्।’
उनका अनुसार उक्त अभियोगमा मुद्दा दायर गरेपछि तीन जना अभियुक्त पक्राउ परेका छन्। बालिकाको बयान लिनेसँगै उनको स्वास्थ्य परीक्षण भइरहेको छ। छिट्टै अन्य अभियुक्तलाई पनि पक्राउ गरिनेछ।
पीडितका वकिलले यो भिडिओ तीन महिनाअघि बनाइएको बताएका छन्।
उनले भने, ‘यो भिडिओ साकिर नामका युवकले युवतीसँग विवाहको बहाना बनाएर बनाएका हुन्। यस घटनामा उनका तीन साथी शोएब गड्डी, हैदर र पप्पु साथै अन्य चार जना अपरिचित व्यक्ति पनि संलग्न थिए। तीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।’
पीडितकी आमाले अभियुक्तले भिडिओ बनाएर छोरीसँग ब्ल्याकमेल गरिरहेको बताएकी छन्। बीबीसी हिन्दी
Shares
प्रतिक्रिया