ad ad

ग्लोबल


बंगलादेश विमानस्थलबाट उड्नै लागेका दुई विमानमा जब चरा ठोक्किए...

बंगलादेश विमानस्थलबाट उड्नै लागेका दुई विमानमा जब चरा ठोक्किए...

फाइल फाेटाे


नेपालखबर
साउन २८, २०८० आइतबार १८:३३, ढाका

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्न लागेका दुईवटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्। 

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एकजना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ। यात्रुहरूलाई  वैकल्पिक व्यवस्था गरेर  ब्याङ्कक पठाइएको थियो। 

दोस्रो घटनामा, रिपोर्टअनुसार त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीनवटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुईवटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ। 

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .