ad ad

ग्लोबल


तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा लाग्यो आगो, ८ जनाको मृत्यु

तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा लाग्यो आगो, ८ जनाको मृत्यु

आगलागी भएको रेल। तस्बिर : बीबीसी


नेपालखबर
भदौ ९, २०८० शनिबार ९:३४, काठमाडौँ

तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए।

यी तीर्थयात्रीहरू शनिबार बिहान मदुराई पुगेका थिए। उनीहरूले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए।

आगलागी भएको रेल। तस्बिर : बीबीसी

उक्त रेल मदुराई रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो।

एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई बताएअनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो। 

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .