ad ad

ग्लोबल


गुगल म्याप्सले गलत बाटो देखाउँदा गयो ज्यान, पीडित परिवारले दियो मुद्दा

गुगल म्याप्सले गलत बाटो देखाउँदा गयो ज्यान, पीडित परिवारले दियो मुद्दा

नेपालखबर
असोज ७, २०८० आइतबार १८:३८, काठमाडौँ

अमेरिका निवासी फिलिप प्याक्सनको परिवारले उनको मृत्युका लागि गुगललाई जिम्मेवार ठहर्‍याएको छ।

गुगल म्याप्सले नौ वर्षअघि नै भत्केको पुलमा गाडी चलाउन भनेको परिवारको आरोप छ।

गुगलले नक्सा अपडेट नगरेको र सोही लापरबाहीका कारण फिलिपले ज्यान गुमाएको परिवारको दाबी छ। पीडित परिवारले गुगलविरुद्ध मुद्दा हालेको छ।

बीबीसीको समाचारअनुसार सन् २०२२ मा उत्तरी क्यारोलिनाको हिकोरीमा भत्किएको पुलमा गाडी चलाउँदा खसेर नदीमा डुबी फिलिपको मृत्यु भएको थियो। 

गुगलका प्रवक्ताले कम्पनीले पीडित परिवारको आरोपको अनुसन्धान गरिरहेको बताएका छन्। यस विषयमा सेप्टेम्बर १९ मा वेक काउन्टी सिभिल अदालतमा मुद्दा दायर गरिएको छ।

फिलिपका दुई छोरी छन्। छोरीको ९औं जन्मदिनको पार्टीका लागि साथीको घरबाट कार लिएर गएको र त्यस क्षेत्रसँग परिचित नभएकाले गुगल म्याप्सको सहारा लिएको परिवारको भनाइ छ।

पीडित परिवारका वकिलका अनुसार दुर्भाग्यवश अँध्यारो र वर्षामा सावधानीपूर्वक गाडी चलाउँदा गुगल म्याप्सको पुरानो निर्देशन पालना गर्दै नक्साबमोजिम पुरानो पुलमा गाडी हालेपछि तल खसेको थियो।

वकिलका अनुसार उक्त पुल सन् २०१३ मै भाँचिएको थियो। त्यसपछि स्थानीयले  अनलाइन नक्सा परिवर्तनका लागि गुगलमा पटकपटक सम्पर्क गरेका थिए, तर गुगगले वास्ता नगरेको बताइएको छ। 

गुगलका प्रवक्ताले समाचार एजेन्सी एपी न्यूजलाई भने, ‘प्याक्सन परिवारप्रति हाम्रो गहिरो समवेदना। हाम्रो उद्देश्य नक्सामा सही जानकारी प्रदान गर्नु हो र हामी यस विषयमा समीक्षा गरिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .