भारतको मणिपुरमा जुलाईदेखि बेपत्ता भएका दुई मैतेई विद्यार्थीको हत्या भएको पुष्टि भएपछि इम्फालमा फेरि हिंसा चर्किएको छ।
बुधबार ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र इम्फालमा एक नेताको घरमा आक्रमण गर्ने प्रयास गरे। उनीहरुले प्रहरीको गाडीमा आगजनी गर्नुका साथै एक प्रहरीलाई कुटपिट गरी हतियार समेत खोसेका छन्।
मणिपुर प्रहरीले बुधबार राति विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एक अराजक भीडले नेताको घरमा आक्रमण गर्ने प्रयास गर्यो, सुरक्षा बलले अश्रु ग्यास फायर गरेर भीडलाई तितरबितर पार्यो। अनियन्त्रित भीडले प्रहरी जिप्सीलाई निशाना बनाएर जलायो, एक प्रहरीलाई आक्रमण गर्दै हतियार खोस्यो।’
मणिपुर प्रहरीले घटनाको निन्दा गर्दै संलग्नहरूलाई कारबाही गर्न कडा कदम चलोको जनाएको छ। उसले भनेको छ, ‘खोसिएको हतियार बरामद गर्न र संलग्नलाई पक्राउ गर्न कम्बिङ अपरेसन भइरहेको छ।’
Shares
प्रतिक्रिया