अमेरिकी गायिका टेलर स्विफ्टका एक बडिगार्ड सेनामा भर्ती हुन इजरायल फर्केका छन्। इजरायलले गाजामा जमिनी आक्रमणको तयारी गरिरहँदा ती व्यक्ति इजरायल फर्केका हुन्।
यो समाचारको पुष्टि इजरायली विदेश मन्त्रालयले गरेको छ। मन्त्रालयले स्विफ्ट र ती व्यक्तिको फोटो समेत सामाजिक सञ्जालमा पोस्ट गरेको छ।
तर, ती व्यक्तिको नाम भने ‘एरन’ मात्र लेखिएको छ।
७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले ३ लाख ६० हजार जगेडा सैनिकलाई सेनामा बोलाएको छ। एजेन्सी
54
Shares
प्रतिक्रिया