ad ad

ग्लोबल


इजरायलको आक्रमणमा परी गाजामा अल–जजिरा संवाददाताका परिवार मारिए

इजरायलको आक्रमणमा परी गाजामा अल–जजिरा संवाददाताका परिवार मारिए

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ९:३१, काठमाडौँ

इजरायली हवाई आक्रमणमा परी अल–जजिरा मिडिया नेटवर्कका गाजा संवाददाताका श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ। उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका उनीहरूको मृत्यु भएको बीबीसीले जनाएको छ। 

आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन।

अल जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल–दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको बीबीसीमा उल्लेख छ। 

अल–जजीराका अनुसार यी मानिसहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए। उनीहरू इजरायली रकेट आक्रमणमा मारिएका हुन्।

इजरायलको चेतावनीपछि वेल अल–दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल–जजीराले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .