आँधीको कारण मेक्सिकोमा कम्तिमा पनि ३९ जनाको मृत्यु भएको छ।
मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ‘ओटिस’ नामकको आँधीको कारण कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। आँधीपछि सयौँ जना बेपत्ता भएका छन्।
आँधीले गुरेरो राज्यमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ। हजारौँ सांस्कृतिक संरचनाहरु आँधीबाट ध्वस्त भएका छन्। आँधीपछि ठूलो बाढी आउँदा मेक्सिकोको बन्दरगाह सहर अकापुल्को र वरपर रुख र बिजुलीका खम्बाहरू ढलेका छन्।
21
Shares
प्रतिक्रिया