ad ad

ग्लोबल


इजरायल-हमास द्वन्द्वमा मारिए ३१ पत्रकार, आईडीएफ भन्छ: सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनौँ

इजरायल-हमास द्वन्द्वमा मारिए ३१ पत्रकार, आईडीएफ भन्छ: सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनौँ

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १४:४५, काठमाडौँ

इजरायल र हमास द्वन्द्वमा हालसम्म कम्तीमा ३१ पत्रकारको मृत्यु भइसकेको छ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ।

उसको विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी पत्रकारहरूले गाजामा असाधारण जोखिमको सामना गरिरहेका छन्। उनीहरू खतरनाक इजरायली बम  र भूमिगत हमलाबाट गुज्रिरहेका छन्।’

मृत्यु हुनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह पनि छन्।

समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको छ। 

इजरायली सेनाले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

यसैबीच इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .