इजरायली सेनाले हमाससँगको युद्धमा अहिलेसम्म आफ्ना ३२६ जना सैनिक मारिएको जनाएको छ।
इजरायली सेनाले आफ्नो वेबसाइटमार्फत हमासले यही अक्टोबर ७ मा गरेको आक्रमणयता अहिलेसम्म मारिएका आफ्ना सैनिकको संख्याबारे जानकारी दिएको हो।
अहिलेसम्म मारिएका ३२६ सैनिकमध्ये धेरैजसो अक्टोबर ७ मा वा आसपासमा मारिएको इजरायली सेनाले जनाएको छ।
यस क्रममा मंगलबार मात्र ११ सैनिक मारिएको र उनीहरुको उमेर १९ देखि २४ वर्षको बीचमा रहेको जानकारी दिइएको छ।
यसैबीच, गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता अहिलेसम्म इजरायली आक्रमणबाट गाजामा ८ हजार ५ सय २५ जनाको मृत्यु भएको जनाएको छ। बीबीसी
204
Shares
प्रतिक्रिया