ad ad

ग्लोबल


इजरायलद्वारा एम्बुलेन्सको लस्करमा हवाई आक्रमण, १५ को मृत्यु

इजरायलद्वारा एम्बुलेन्सको लस्करमा हवाई आक्रमण, १५ को मृत्यु

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १५:२०,

गाजामा घाइतेहरुलाई ओसारिरहेको एम्बुलेन्सको लस्करमा इजरायली सेनाले हवाई हमला गर्दा १५ जनाको ज्यान गएको प्यालेस्टाइनी अधिकारीहरुले बताएका छन्।

अल सिफा अस्पतालबाट घाइते लिएर इजिप्टसँगको राफा सीमा नाकातर्फ जाँदै गरेका एम्बुलेन्समाथि आक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जनाएका छन्।

रेडक्रससहितका संस्थाहरुले आक्रमणको निन्दा गरेका छन्। आक्रमणमा ६० जना घाइते भएको जनाइएको छ।

इजरायलले घटनाको जिम्मा लिएको छ। तर, ती एम्बुलेन्सले हमास लडाकु ओसारेको इजरायलको दाबी छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .