ad ad

ग्लोबल


अमेरिकामा अर्बौँ कारोबार गरिरहेको कम्पनी टाट पल्टियो

अमेरिकामा अर्बौँ कारोबार गरिरहेको कम्पनी टाट पल्टियो

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १३:५६, काठमाडौँ

अमेरिकास्थित अर्बौँ रुपैयाँको कारोबार गर्दै आएको कम्पनी विवर्क टाट पल्टिएको छ।

कम्पनीले आफूलाई टाट पल्टिएको घोषणा गर्दै सरकारी निकायमा निवेदन दिएको हो। 

कयौँ वर्षसम्म संकटसँग जुधिरहेको यो वर्किङ स्पेस कम्पनीले बाध्य भएर यो कदम चाल्नुपरेको जनाएको छ।

न्यू जर्सीको अदालतमा आफूलाई टाट पल्टिएको घोषणा गर्दै निवेदन दिने कम्पनीले १० डलरदेखि ५० अर्ब डलरसम्मको दायित्व रहेको जनाएको छ। 

आफूलाई टाट पल्टिएको घोषणा गरेको विवर्कलाई अब उसका सेयर धनी र कारोबारीसँग कानुनी सुरक्षा तथा ऋण लिएकासँग कुरा गर्न सजिलो हुनेछ।

विवर्क सस्तो मूल्यमा स्टार्टअप र फ्रिलान्सरलाई अवसर दिने काम गर्थ्यो। एक सय यो कम्पनी भविष्यका लागि यो कम्पनीले एउटा इतिहास कायम गर्ने बताइन्थ्यो।

कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, 'विवर्क र उसका केही संस्थाहरूले अमेरिकी टाट पल्टिने अवस्थाको संहिताको अध्याय ११ अनुसार सुरक्षाका लागि आवेदन दिएको छ। अब क्यानाडाका लागि पनि यस्तै अर्को योजना बनाउँदैछ।'

विवर्कका मुख्य कार्यकारी डेभिड टलीले आफूलाई सहयोग गर्न साझेदारहरूप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीको पुँजी बलियो बनाउँदै पुनर्निर्माण योजनामा साथ दिनेहरूप्रति पनि आभारी भएको जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .