ad ad

ग्लोबल


दिल्लीमा वायु प्रदूषण : जब ताजमहललाई कुहिरोले ढाक्यो (भिडिओ)

दिल्लीमा वायु प्रदूषण : जब ताजमहललाई कुहिरोले ढाक्यो (भिडिओ)

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १३:४७, काठमाडौँ

पछिल्ला केही दिनदेखि भारतको राजधानी दिल्ली र आसपासका सहरमा प्रदूषणको मात्रा बढेको छ।

केही दिनदेखि कुहिरो र धुवाँका कारण दिनभर आकाश स्पष्ट देखिँदैन।

प्रदूषण विभागका अधिकारीहरूले धेरैपटक एक्यूआई बढेका कारण वायुको गुणस्तर ‘गम्भीर’ तहमा पुगेको बताइसकेका छन्। 

एक्यूआई (एयर क्वालिटी इन्डेक्स) लेभल ४०० वा सोभन्दा बढी भएको अवस्थालाई ‘गम्भीर’ मानिन्छ। 

वायु प्रदूषणको प्रभाव दिल्लीबाट झन्डै २०० किलोमिटर टाढासम्म पनि परिरहेको छ। 

आगरा सहरमा बुधबार (आज) वायु प्रदूषणको अवस्था ताजमहलको तस्बिरबाट पनि अनुमान लगाउन सकिन्छ।

वायु प्रदूषणका कारण आज बिहान ताजमहल स्पष्ट देखिँदैनथ्यो। प्रदूषणको ‘कम्बल’पछाडि ताजमहल धमिलो देखिन्थ्यो। 

समाचार एजेन्सी एएनआईका अनुसार उक्त तस्बिर आज बिहान १०ः४१ बजेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .