ad ad

खेल


अष्ट्रेलियाको जितमा ‘वान म्यान आर्मी’ म्याक्सवेलका अनेक कीर्तिमान

अष्ट्रेलियाको जितमा ‘वान म्यान आर्मी’ म्याक्सवेलका अनेक कीर्तिमान

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १३:४८, काठमाडौँ

ब्याटिङ अलराउण्डर ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकमा आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई सानदार जित दिलाएका छन्। 

अफगानिस्तानले दिएको २ सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले १९ बल अगावै ७ विकेट गुमाएर भेट्टायो। 

अष्ट्रेलिया एक समय १८.३ ओभरमा ७–९१ को अवस्थामा रहेको थियो। आठौं विकेटका लागि म्याक्सवेल र प्याट कुमीन्सले २ सय २ रनको अविजित साझेदारी गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए। 

छैटौं नम्बरमा ब्याट्रिमा आएका म्याक्सवेलले १ सय २८ बलमा २१ चौका र १० छक्का हाने। म्याक्सवेलले मुजिब उर रहमानलाई ४७ औं ओभरको पाँचौं बलमा छक्का हान्दै दोहोरो शतक पूरा गरे। 

ओडीआईमा आठौं विकेटका लागि भएको यो सर्वाधिक ठुलो साझेदारी हो। यसअघि सन् २००६ मा दक्षिण अफ्रिकाका जस्टिन केम्प र एन्ड्रयु हलले भारतविरुद्ध १ सय ३८ रनको साझेदारी गरेका थिए। 

अष्ट्रेलियालाई रोमाञ्चक जित दिलाउने क्रममा म्याक्सवेलले थुप्रै कीर्तिमान आफ्नो नाममा गरे। 

उनी ओडीआईमा दोहोरो शतक हान्ने पहिलो अष्ट्रेलियाका पहिलो ब्याटर हुन्। यसअघि ओडीआईमा अष्ट्रेलियाका लागि शेन वाटसनले २०११ मा बंगलादेशविरुद्ध १ सय ८५ रन बनाएका थिए। 

विश्वकपमा दोहोरो शतक हान्ने म्याक्सवेल तेस्रो खेलाडी हुन्। यसअघि सन् २०१५ मा न्युजिल्यान्डका मार्टिन गुप्टिलले वेस्टइन्डिजविरुद्ध २ सय ३७ रन हानेका थिए। सन् २०१५ मै वेस्टइन्डिजका क्रिस गेलले जिम्बावेविरुद्ध २ सय १५ रन बनाएका थिए। 

विश्वकपमा सर्वाधिक छिटो दोहोरो शतक हान्ने पहिलो खेलाडी हुन्। यअसघि क्रिस गेलले १ सय ३८ र गुप्टिलले १ सय ५२ बलमा दोहोरो शतक हानेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .