ad ad

ग्लोबल


गाजामा आक्रमण रोक्न माग गर्दै जापानमा जुलुस

गाजामा आक्रमण रोक्न माग गर्दै जापानमा जुलुस

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १३:१,

सयभन्दा बढी जापानी नागरिकले मध्य टोकियोमा विरोध प्रदर्शन गरेका छन्।

सात समूह (जी ७) विदेश मन्त्रीहरूको बैठक चलिरहेको बेलामा विरोध प्रदर्शन भएको हो।

गाजामा सङ्कट बढेकोप्रति निन्दा गर्दै र गाजामा घातक इजरायली आक्रमणहरू अन्त्य गर्न तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

टोकियोस्थित जापानको परराष्ट्र मन्त्रालयको इकुरा हाउसमा भइरहेको बैठकबाहिर गाजा संकट शीर्षकको एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ।

जापानका विदेशमन्त्री योको कामिकावाको अध्यक्षतामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत उच्च कुटनीतिज्ञहरूको पनि सहभागिता थियो।

प्रदर्शनकारीले ‘गाजामा हमला रोक’, ‘सिज फायर र गाजाका लागि शान्ति’ सहितका नारा लेखिएका ब्यानर फहराउँदै प्रदर्शन गरेका हुन्।

उनीहरूले जी ७  इजरायलप्रति अमेरिकी नीतिको समर्थनमा एकजुट भए तिनीहरू यस युद्धमा सहभागी भएको ठहरिने आरोप लगाएका छन्। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .