ad ad

खेल


महिला टी-२० : पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित

महिला टी-२० : पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १०:२५, काठमाडौँ

चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ। 

तान्जानियाले दिएको  १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रनमा अलआउट भयो। 

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४३ रन बनाए पनि नेपालको हार टार्न सकिनन्। 

कप्तान इन्दु बर्मा १५ रनमा आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि हङकङको वाङ नाइमा टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि संगिता राईले  २ विकेट लिइन्। पुजा महतो, रुविना क्षेत्री र कप्तान इन्दु बर्माले समान एक् विकेट आफ्नो नाममा गरे। 

तान्जानियाका लागि हुडा अमोरीले सर्वाधिक २५ रन बनाइन्। २६ बलमा २ चौका हानेकी हुडा रन आउट भइन्।

एलिसा महतो २१ रनमा क्याच आउट भईन्। ओपनर सौम एमताइले  १६ रन बनाएर पवेलियन फर्किइन्। कप्तान फतुमा किबासु ११ रन बनाउँदा रुविनाको बलमा बोल्ड भइन्।  मोनिका पास्कल १० रन बनाउँदा क्याच आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 

नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार घरेलु टोलीसँग खेल्नेछ। शनिबार जापानसँग खेल्ने तालिका छ। 

हङकङमा सुरु टी २० आई सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्। 

समूहका शीर्ष २ टोलीले उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .