ad ad

ग्लोबल


युक्रेनविरुद्ध चाँडै विजय प्राप्त गर्न पुटिनले गरे १ लाख ७० हजार सैनिक परिचालन

युक्रेनविरुद्ध चाँडै विजय प्राप्त गर्न पुटिनले गरे १ लाख ७० हजार सैनिक परिचालन

रासस/एएफपी
मंसिर १७, २०८० आइतबार २२:४४, मस्को

रुसले युक्रेनविरुद्धको आक्रमण थप तीव्र बनाइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ लड्न अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन्। 

पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ। 

मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रुसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ। 

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ। यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन, तर यो वृद्धि बिस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने सी अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ। 

रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन्। 

विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रुसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ। नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ।”

नेटो गठबनधनको आक्रामक गतिविधिका लागि रुसी सेनाको संख्या बढाउनु उपयुक्त भएको उसको दाबी छ।

सन् २०१८ यता रुसले दोस्रोपटक सेना विस्तार गरेको छ। यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए। 

गत डिसेम्बरमा रुसी रक्षामन्त्री सर्गेई शोइगुले रुसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए। 

यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनविरुद्ध चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .