म्यानमारका अधिकारीहरूले पूर्वी राज्य शानमा ९.०९ केजी अवैध लागुऔषध बरामद गरेका छन्।
सेन्ट्रल कमिटि फर ड्रग एब्युज कन्ट्रोलले सोमबार गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा शान राज्यको होपोङ टाउनसिपमा एउटा गाडी जाँच गर्दा ९.०९ केजी ह्याप्पी वाटर र १०० ग्राम केटामाइन बरामद गरेको बताएको छ।
अनुसन्धानका अनुसार बरामद गरिएका लागुऔषध ताचिलेक टाउनसिपबाट थप अनुसन्धानका लागि तौङग्गी टाउनसिपमा पु¥याइएको छ।
संदिग्ध व्यक्तिलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ।
हाल यहाँ हानिकारक मेथाम्फेटामाइनहरूको वितरणलाई प्रभावकारी रूपमा रोक्न प्रयासहरू गरिदै आएको छ। (रासस/सिन्ह्वा)
105
Shares
प्रतिक्रिया