ad ad

ग्लोबल


पाकिस्तानको कराँचीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ३ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ३ जनाको मृत्यु

नेपालखबर
पुस ३, २०८० मंगलबार ११:२,

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा भवनमा सोमबार ग्याँस सिलिन्डर विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

घटनामा अन्य १२ जना गम्भीर घाइते भएको उद्धार सेवाले जनाएको छ। उद्धार संस्था इधी फाउन्डेसनका अधिकारी सलमान नसीरले बताएअनुसार माछार कोलोनी क्षेत्रमा ग्याँस सिलिन्डर दुई तले आवासीय भवनमुनि रहेको सिलिन्डर पसलमा सार्ने क्रममा दुर्घटना भएको हो।

विस्फोटलगत्तै भवन भग्नावशेषमा परिणत भएको थियो। स्थानीयवासी र उद्धारकर्मीको सहयोगमा दुर्घटनास्थलमा फसेका १५ जनालाई बाहिर निकालिएको थियो। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .