ad ad

खेल


१४ पटकको विजेता रियल मड्रिड अन्तिम १६ मा आरबी लाइप्जिगसँग भिड्ने

१४ पटकको विजेता रियल मड्रिड अन्तिम १६ मा आरबी लाइप्जिगसँग भिड्ने

नेपालखबर
पुस ३, २०८० मंगलबार ११:१०, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको १४ पटकको विजेता रियल मड्रिड अन्तिम १६ को खेलमा आरबी लाइप्जिगसँग भिड्ने भएको छ। 

सोमबार राति भएको ड्रमा रियलले अन्तिम आठमा स्थान बनाउन लाइप्जिगको सामना गर्नु पर्नेछ।

यस्तै म्यानचेस्टर युनाइटेडले कोपेनहेगनको सामना गर्नु पर्नेछ।

समूह चरणमा युनाइटेडलाई पछि पार्दै डेनिस च्याम्पियन कोपेनहेगन सन् २०११ पछि पहिलोपटक नकआउट चरणमा पुगेको हो। 

क्याटलान क्लब बार्सिलोना र इटालियन च्याम्पियन नेपोली तथा इंग्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग खेल्ने तालिका छ। 

बायर्न म्युनिखले लाजियो तथा पेरिस सेन्ट जर्मेनले रियल सोसीडाडसँग खेल्नेछ। बोरुसिया डर्टमुन्ड र डच क्लब पीएसभी खेल्दा इन्टर मिलानले एटलेटिको म्याड्रिडसँग खेल्नेछ। 

लिगको पहिलो लेग फेब्रुअरी १३–१४ तथा २०–२१ सम्म हुनेछ। दोस्रो लेग मार्च ५–६  १३–१४ मा हुनेछ। 

फाइनल खेल १ जुनमा वेम्बेलीमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .