ad ad

ग्लोबल


अब्देल फताह तेस्रो पटक इजिप्टको राष्ट्रपति निर्वाचित

अब्देल फताह तेस्रो पटक इजिप्टको राष्ट्रपति निर्वाचित

नेपालखबर
पुस ३, २०८० मंगलबार ११:४३,

इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण (एनईए) ले सोमबार वर्तमान राष्ट्रपति अब्देल–फताह अल–सिसीलाई राष्ट्रपति चुनावमा विजयी घोषणा गरेको छ।

सिसी पहिलो पटक सन् २०१४ मा इजिप्टको राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसपछि २०१८ मा पनि उनी भारी मतका साथ दोहोरिएका थिए।

डिसेम्बरमा भएको चुनावबाट उनी तेस्रो पटकका लागि पनि दोहोरिएका हुन्।

उक्त निर्वाचनमा विदेशमा रहेका इजिप्टका नागरिकले १ देखि ३ डिसेम्बरसम्म र स्वदेशमा रहेका १०–१२ डिसेम्बरमा मतदान गरेका थिए।

विदेशमा रहेका नागरिकले १२१ देशका १३७ दूतावास र वाणिज्यदूतावासबाट मतदान गरेका थिए।

कायरोमा आयोजित पत्रकार सम्मेलनमा एनईएका अध्यक्ष हाजेम बडावीले दिएको जानकारी अनुसार निर्वाचनमा करिब ६ करोड ७० लाख मतदातामध्ये स्वदेश तथा विदेशमा रहेका ४ करोड ४८ लाखले मतदान गरेका थिए। उनले निर्वाचनमा कुल मतदाताको ६६.८ प्रतिशत मत खसेको बताए।

राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमा निर्वाचित सिसी बाहेक अन्य तीन जनामा सोसल डेमोक्रेटिक पार्टीका फरिद जहरान, अल–वाफद पार्टीका अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका हाजेम ओमर हुन्।

चुनावी नतिजाको घोषणापछि सिसीले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको नेतृत्व गर्ने मिसनको लागि आफूलाई छान्नु भनेको इमान्दारीपूर्वक बहन गरेको जिम्मेवारीको उपज रहेको प्रतिक्रिया दिएका छन्। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .