ad ad

ग्लोबल


उत्तर कोरियाले दक्षिण कोरियातर्फ बर्सायो गोली

उत्तर कोरियाले दक्षिण कोरियातर्फ बर्सायो गोली

नेपालखबर
पुस २०, २०८० शुक्रबार १२:५३, काठमाडौँ

उत्तर कोरिया शुक्रबार दक्षिण कोरियातर्फ गोली चलाएको छ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले येओनपाएओङ्ग द्वीपतर्फ लक्षित गर्दै २ सयभन्दा धेरै राउन्ड गोली चलाएको हो।

यो दक्षिण कोरियाली द्वीप उत्तर कोरियाको पश्चिमी तटतर्फ पर्छ। दक्षिण कोरियाले द्वीपमा रहेका बासिन्दालाई तत्कालै निस्किएर अन्यत्र जान चेतवानी दिएको छ।

तर द्वीप छाड्न दिइएको चेतावनी उत्तर कोरियाली आक्रमण या अन्य कारणले हो भन्ने खुलेको छैन। 

दक्षिण कोरियाले यस घटनाको निन्दा गर्दै उत्तर कोरियाको तर्फबाट उत्तेजना बढाउने काम भएको जनाएको छ।

सन् २०१० मा उत्तर कोरियाले येओनपाएओङ्ग द्वीपमा गोली बर्साउँदा कम्तीमा ४ जना दक्षिण कोरियाली नागरिक मारिएका थिए।

शुक्रबार उत्तर कोरियाको तर्फबाट बिहान ९ बजेदेखि ११ बजेको समयमा गोली चलाइएको हो। 

समाचार अनुसार उत्तर कोरियाले हानेका गोली दक्षिण कोरियाली क्षेत्रमा नझरी दुई देशबीचको खाली क्षेत्रमा खसेका छन्। 

दक्षिण कोरियाका एक अधिकारीले यस घटनामा आफ्नो देशका सर्वसाधारण र सेनातर्फ कुनै क्षति नभएको बताएका छन्। 

तर दक्षिणले यस किसिमका घटनाका कारण कोरियाली प्रायद्वीपको शान्ति सुरक्षामा खतरा बढ्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .