ad ad

ग्लोबल


यी हुन् इमरान खानले प्रधानमन्त्रीमा अघि सारेका उम्मेदवार

यी हुन् इमरान खानले प्रधानमन्त्रीमा अघि सारेका उम्मेदवार

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १३:१३,

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका एक नेतालाई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन्।

उमर अयुब खान पीटीआईका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुनेछन्। इमरानका विपक्षीहरुले गठबन्धन सरकार बनाउने बताएका छन्। 

गत साता भएको चुनावमा इमरान समर्थित स्वतन्त्र उम्मेदवारहरुले अनपेक्षित रुपमा सबैभन्दा बढी सिट जितेका थिए। तर, सरकार गठनका लागि पर्याप्त सिट उनीहरुसँग छैन।

२९ फेब्रुअरीसम्ममा सरकार गठन गरिसक्नुपर्छ।

पीटीआईका वरिष्ठ नेता असद कैजरले जेलमा इमरानलाई भेटेपछि उमर अयुबको नाम घोषणा गरेका हुन्।

उमर अयुबले नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टो जर्दारीको पीपीपीका संयुक्त उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्।

आफैँ पनि विभिन्न मुद्दा खेपिरहेका अयुबले आफ्नो पहिलो प्राथमिकता राजनीतिक बन्दीहरुलाई छाड्नु भएको बताएका छन्।

उनी १९५९ देखि १९६९ सम्मा पाकिस्तानमा सैन्य तानाशाही चलाएका मोहम्मद अयुब खानका नाति हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .