ad ad

ग्लोबल


भारतमा आन्दोलन गर्दागर्दै ‘हार्टअट्याक’ भएर किसानको मृत्यु

भारतमा आन्दोलन गर्दागर्दै ‘हार्टअट्याक’ भएर किसानको मृत्यु

पन्जाबमा किसान आन्दोलनमा खटिएका सुरक्षाकर्मी।


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १३:१५, काठमाडौँ

भारतस्थित पन्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयाघात (हार्टअट्याक) का कारण मृत्यु भएको छ ।

बीबीसी पन्जाबी संवाददाता गगनदीप सिंहका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।

राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा हरनाम सिंहका अनुसार मृतकलाई हृदयघात भएको थियो ।

‘हामीले उपचार सुरु गर्यौं तर दुर्भाग्यवश बचाउन सकेनौं’, उनले भने।

किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पन्जाबसँग आबद्ध थिए।

पत्रकारसँग कुरा गर्दै पन्धेरले भने, ‘मृत्युको कारण हृदयाघात भएको हो, बाँकी पोष्टमार्टमपछि खुल्नेछ।’

उनले थपे, ‘यसको जिम्मेवार केन्द्र सरकार हो, यहाँ यति धेरै मानिस छन्, वृद्धवृद्धा छन्, उचित उपचार पाउन, उठ्न, सुत्न, नुहाउन र धुन समस्या भइरहेको छ। आन्दोलन लामो समयसम्म चल्छ, अझै धेरै जनासहिद हुनेछन् भन्ने लाग्छ, सरकारले हाम्रा माग स्वीकार गरेर समस्या समाधान गर्नुपर्छ।’

शम्भु सीमामा किसानको प्रदर्शनको आज चौथो दिन हो। हिजो राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीच वार्ता भए पनि निष्कर्ष निस्किन सकेन। 

हिजो रातिको वार्तापछि केन्द्रीय कृषिमन्त्री अर्जुन मुण्डाले भनेका छन्, ‘हामीले किसानका माग सुनेका छौं, अब आइतबार पुन: वार्ता हुनेछ।’

शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटकपटक झडप भएका छन्। किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .